समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, ४ मंसिर । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना हुँदा सहचालक करण विकको मृत्यु भएको हो । 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक विकको नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।