अर्थ

अकबरे खुर्सानीको मूल्य बढ्यो



काठमाडौँ, ४ मंसिर । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको हो ।

आज अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ । हिजो थोकमा किलोको औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँ कायम छ ।