काठमाडौँ, ५ मंसिर । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको भाउ बढेको हो ।
कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ ।
हिजो प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै बिहीबार प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको भाउ आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ । टनेलको सानो गोलभेँडा भने आज किलोको १२० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्