काठमाडौँ, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् ।
अज युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताएका हुन् ।
उनले भने, ‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो । त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन’। फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए ।
एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका छन् । ११ जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् । कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्