काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)ले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो । एमाले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेको छ ।
यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्