समाचार

आजको मौसम



काठमाडौँ, ८ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना रहको छ भने कोसी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।