काठमाडौँ, ८ मंसिर । पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कार्तिक २४ गते बसेको कार्यपालिका बैठकले विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यस निर्णय अनुसार नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा हुने छ ।










प्रतिक्रिया दिनुहोस्