काठमाडौँ, ८ मंसिर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान जङ्गलको रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूको पहिचान भने खुल्न सकेको छैन । मृतक युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्