काठमाडौँ, ९ मंसिर । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत १२ रुपैयाँ बढेको छ ।
हिजो सोमबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५ देखि अधिकतम १ सय १५ र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३५ र औसत १ सय २२ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै टनेलको सानो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४५ र औसात १ सय ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार टनेलको सानो गोलभेँडा न्यूनतम १ सय ४ देखि अधिकतम १ सय १ सय ३० र औसत १ सय १८ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज लोकल गोलभेँडा पनि प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० रुपैयाँसम्म किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्