काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।
आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता?’ ‘पहिले गरिबी हटाउनुपर्यो । रोजगारी सिजर्ना गर्नुपर्यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’
मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्यो ।’










प्रतिक्रिया दिनुहोस्