काठमाडौँ, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैंगिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका हुन ।
संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको बताउँदै लैंगिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्राब्धानहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनर्स्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी पनि दिए । प्रदेश सरकारले लैङ्गिक समानता नीति निर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्राथमिकता दिएको उल्लेख गरे ।‘ लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध प्रदेश निर्माणको आधार मानेको छ ।










प्रतिक्रिया दिनुहोस्