काठमाडौँ, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका हजारौँ युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका बताएका छन् ।
आज काठमाडौँको पेरिसडाँडामा आयोजित एक कार्यक्रममा विभिन्न संगठनका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्दै उनले भने, “पार्टीका सबै संरचनालाई कसरी छिटोभन्दा छिटो एकताबद्ध गर्ने, हामीले एकता प्रक्रियालाई संरचनात्मक ढंगले मिलाएर जानुपर्यो ।”
सबै ‘सच्चा’ कम्युनिस्ट गोलबन्द हुँदै जाने पनि उनले बताए । “यो प्रक्रियामा जसरी हामीले बढी सम्बोधन गर्ने प्रयास गरेका छौँ, विस्तारै युवापुस्ताले आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भनेर बुझ्दै गएका छन् । त्यसैले हजारौँ युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन्,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्