समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, १० मंसिर । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा एक युवकको माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर २२ वर्षीय गणेश महतोको मृत्यु भएको हो ।

मंगलवार राति करिब पौने १० बजेको समयमा रामबहादुर महतोका छोरा गणेश महतोले आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल नेशनल हस्पिटल  विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो । कोल्हवी लैजाने क्रममा बाटैमा महतोको मृत्यु भएको अस्पतालले राति ११ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी गराएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।