राजनीति

सार्वजनिक सुनुुवाइ सम्पन्न



काठमाडौँ, ११ मंसिर । टोखा नगरपालिकाले चालुु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाले चालु चौमासिकका कामकारबाही, उपलब्धि र आगामी योजनाहरूको स्पष्ट प्रस्तुति राख्दै नागरिकबाट प्राप्त सुझाव र गुनासोहरूलाई आत्मसात गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो । “कला, संस्कृतियुक्त, स्वच्छ र समुन्नत टोखा नगर” को लक्ष्यसहित अघि बढिरहेको छ ।

सार्वजनिक सुुनुुवाइ कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको खुला रूपमा साझा सवाल, विकास निर्माणका सवालमा प्रश्न राखेका थिए । स्थानीय सेवाग्राहीहरुले राखेको प्रश्नहरुको नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जवाफ दिनुभएको थियो ।

प्रथमः चौमासिक अवधिमा नगरपालिमा इमेलमार्फत, राष्ट्रिय सूूचना आयोग, हेलो सरकारबाट परेका उजुरी अख्तियार दुुरुपयोग अनुसन्धान आयोग र अन्य निकायबाट परेका उजुरी गरी १९ वटा उजुरीमा ११ वटा उजुरी फछ्यौट गरेको छ । ८ वटा उजुरी कारबाहीको चरणमा रहेका छन् । यस अवधिमा २२०० सेट हिँउदे तरकारीको बिउविजन निःशुल्क वितरण, कृषकहरुलाई प्राविधिक सेवा उपलब्ध, अनुदानको रसायनिक मल वितरण सहरकारीहरुको नविकरण तथा सिफारिस, औषधी खरिद तथा वितरण, रेविज रोग नियन्त्रण कार्यक्रम खोरेत रोग नियन्त्रण, जै घाँसको विउँ खरिद तथा वितरण गरिएको उल्लेख गरिएको थियो । साथै सो अवसरमा शिक्षा, स्वास्थ्य, भौतिक विकास र सामाजिक र आर्थिक विकासको क्षेत्रमा भएका कार्य गरिएको विवरण प्रस्तुुत गरिएको थियो ।
सहजीकरण गरि टोखा नगरपालिका दिगो विकास, पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ अघि बढिरहँदा यस्तो सार्वजनिक सुनुवाइले नागरिक र स्थानीय सरकारबीचको विश्वास अझ मजबुत बनाउदै नगरपालिकाले आगामी दिनमा पनि यस्तै खुला रूपमा नागरिक मैत्री कार्यक्रम निरन्तर संचालन गर्ने जनाएको छ ।