अर्थ

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा



काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएकाे छ ।

बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।

साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ ।