अर्थ

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो



काठमाडौँ, ११ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो ।

आजको बजारमा कारोबार रकम स्थिर देखिएको छ। बजारमा आज ३३३ कम्पनी १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ बजारमा सागर डिस्टिलरीको मूल्य १० तथा स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेरको छ । त्यस्तै एनआरएनको सेयर मूल्य पनि ९.६२ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ४० करोडको कारोबार हुँदा ङादी पावरको १६ करोड ३६ लाख तथा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।