काठमाडौँ, १३ मंसिर । भारतले चालु आ.व. २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको छ ।
भारतीय सरकारको सांख्यिकी तथा योजना कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासिकमा भारतको नोमिनल जीडीपी ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा वृद्धि दर ५.६ प्रतिशत मात्र थियो, भने यस वर्षको पहिलो त्रैमासिकमा ७.८ प्रतिशतमा वृद्धि भएको थियो ।
यस त्रैमासिकमा द्वितीयक क्षेत्रमा पर्ने म्यानुफ्याक्चरिङ ९.१ प्रतिशतले बढेको छ भने सेवा क्षेत्रमा वृद्धि दर ९.२ प्रतिशत पुगेको छ । रिपोर्टका अनुसार यस वृद्धि पछाडि उत्पादन तथा सेवा क्षेत्रको ठुलो योगदान रहेको छ ।










प्रतिक्रिया दिनुहोस्