काठमाडौँ, १३ मंसिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सम्बोधन नभए देशमा कुनै पनि प्रकारको चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नियत सफा नभए आगामी फागुन २१ गते वा त्यस आसपासमा चर्चा गरिएको चुनाव वा राजनीतिक निकास सम्भव नहुने चेतावनी दिएका हुन् ।
आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको जानकारी दिँदै प्रसाईंले यदि उक्त वार्ताबाट निकास ननिस्किए आफूहरु आन्दोलनमा जाने बताए ।
पत्रकार सम्मेलनका क्रममा फागुन २१ गतेको समयसीमा र सम्भावित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा प्रसाईंले भने, ‘फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन। सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ।’










प्रतिक्रिया दिनुहोस्