समाचार

८ जना जुवाडे पक्राउ



काठमाडौँ, १४ मंसिर । पूर्वी चितवनबाट १ जना प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार शनिबार साँझ उनीहरूलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएकाे हाे ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी छन् । त्यस्तै पक्राउ पर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल छन् । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।

उनीहरूको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएकाे छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।