Banner News

आजको मौसम



काठमाडौँ, १५ मंसिर । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ही प्रभावको कारण आकाशमा बादल देखिएको छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने कम रहेको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।