अर्थ

कुखुरा मासुको मूल्य बढ्यो



काठमाडौँ, १५ मंसिर । कुखुरा मासुको मूल्य बढेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज आजदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँ बढेको जानकारी दिए ।

मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ३० रुपैयाँ थियो ।

यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।

अध्यक्ष बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो ।