काठमाडौँ, १७ मंसिर । श्रीमतीको चक्कु प्रहारबाट श्रीमान् घाइते बनेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका आज बिहान पौने ४ बजे ३८ वर्षीया पवित्रा गुरुङले ३० वर्षीय श्रीमान् सुरज गुरुङमाथि प्रहार गरेकी हुन् ।
बुटवल उपमहानपालिका–११ नहरपुरमा घरायसी विवादमा श्रीमतीले चक्कु प्रहार गरी घाइते बनाएको हो ।
सुरजको टाउको र घाँटीमा चोट लागेको छ । उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।
घाइते सुरजको अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए । प्रहरीले महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्