Banner News

वाम गठबन्धनको काममा तीब्रताः तीन दिन भित्र क्षेत्र बाँंडफांड गरिसक्ने



काठमाडौ१९ असोज। बिपक्षीहरुले ओठ बाँंङ्गो पार्दै लामो समय टिक्दैन भनेर टिप्पणी गरीरहेको बेला वाम गठवन्धनले भने सबैलाई आश्चर्य पार्ने गरी निर्णय गरेको छ । अलग अलग पार्टी रहदा अनेक लफडा भोगेका गठबन्धा घटकले संयुक्त काम गर्न थालेपछि भने बिना बिवाद निर्णय गदै अगाडि बढेका छन् ।

यसको पछिले उदहारणका रुपमा वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने भएका छन् । वाम गठबन्धनले तीनदिनभित्र कुन क्षेत्रमा कुन पार्टीको उमेदवार भन्ने टुंगो लगाउने निर्णय गरेको हो ।बिहीबार सिँहदरबारमा बसेका दुईवटै कार्यदलको बैठकमा क्षेत्र निर्धारण कार्यदलले ३ दिनभित्र क्षेत्र टुंगो लगाउने निष्कर्ष निकालेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनमा आवद्ध सबै राजनीतिक दलको हैसियतअनुसार क्षेत्र तय गर्ने र बाँकी रहेका मध्ये ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रले उमेदवारी दिनेछन् ।

प्रत्यक्षतर्फको उमेदवार छनोटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको बिहीबार बसेको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन भित्र उमेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । बुधबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्य दललाई प्रत्यक्षतर्फको उमेदवार सिफारिस गर्ने कार्यादेश दिएको थियो भने बामदेव गौतम नेतृत्वको नेतृत्वमा कार्य दल गठन गरी चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार चयन र चुनावी घोषणा पत्र निर्माणको काम तत्काल टुंगो लगाउन निर्देशन दिएका थिए ।
नेपालपाटीबाट