राजनीति

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट



काठमाडौँ, १७ मंसिर । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बिदाइ भेट गरेकी हुन् ।

भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

साथै राष्ट्रपति पौडेलले राजदूत जोनस्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद व्यक्त गरेका छन् ।