काठमाडौँ, १८ मंसिर । काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा सडकमा जाम हुने गरेको छ ।
यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्