काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।
मेष : सञ्चित धन खर्च हुने जाेखिम छ । मन दुःखी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।
वृष : साथीभाइसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सफल बन्नेछ । व्यापारमा नाफा हुने भएकाले थप मिहिनेत गर्नु राम्रो हुन्छ ।
मिथुन : दिन राम्रो छ । आम्दानी बढ्नेछ । परिवारमा रमाइलो गर्ने योग रहेको छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्य उपचारमा भए लाभ हुनेछ ।
कर्कट : दिन राम्रो छ । आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ । सानो लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
सिंह : सानो कुराले खटपटी बढ्नेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिन्छ । राज्यका तर्फबाट अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : दिन सहज छ । स्वास्थ्यमा सुधार हुनेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ । यात्रा सहज बन्नेछ ।
तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ । बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । आम्दानी हुनेछ । राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ । गोप्य कुरा सार्वजनिक नगर्नु फाइदा हुनेछ । शिक्षाामा मिहिनेत गर्नु उचित हुन्छ ।
धनु : दिन सामान्य छ । दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ । मनका समस्या साथीसँग साट्नु राम्रो हुनेछ । हरेक क्षेत्रमा थप श्रम गर्नुपर्ने योग छ ।
मकर : तपाईंले गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पन्छीलाई दाना दिँदा फाइदा हुनेछ । शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ । राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ ।
कुम्भ : सञ्चित धन खर्च हुनेछ । सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
मीन : दिन सहज छ । दैनिक काम सहजै बन्नेछन् । शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ । पढाइको क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्ने योग छ । परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्