अर्थ

अलैँचीको निर्यात बढ्यो



काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो । 

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलैँची निर्यात भएको थियो ।