स्याङ्जा, १९ मंसिर । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेल रहेका छन् । भुजेलले २०६९ भदौ २७ गते पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदालत स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले १५ वर्ष कैद सजाय ठहर गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको थियो । अदालतको आदेशअनुसार उनलाई अहिले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्