भक्तपुर, २० मंसिर । “नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र” तथा “नेप्सेम्याक ग्रुप”को संयोजनमा एकै दिन दुई महत्वपूर्ण सामाजिक कार्य सम्पन्न गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोग र भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटार तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहकार्यमा शाखा कार्यालय भक्तपुरले आज जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. ५ स्थित आफ्नै कार्यालय प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । निशुल्क स्वास्थ्य शिविर अन्तरगत पाठेघरको मुख क्यान्सर स्क्रिनिङ, युरिन स्क्रिनिङ, सुगर परीक्षण तथा रक्तचाप जाँच कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त दुई कार्यक्रमबाट १४० जनाले सेवा लिएका छन् । जसमा ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । त्यस्तै २७ जनाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, ७८ जनाले युरिन स्क्रिनिङ, सुगर परीक्षण तथा रक्तचाप परीक्षण गरे सेवा लिएका छन् । उक्त कार्यक्रम संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको नेप्सेम्याकले जनाएको छ । जसमा सामाजिक क्षेत्रमा कार्य गर्ने नागरिक तथा आफ्नै कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । नेप्सेम्याक भक्तपुरले प्रत्येक वर्ष नियमित रुपमा सो कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल, जिल्ला जनस्वास्थ्य कार्यालयका अञ्जना खड्का, राष्ट्रका लागि दुई घण्टे अभियानका प्रमुख मधु ढुंगेल, पूर्वनगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेप्सेम्पकका सञ्चालक गोविन्द प्रचार आचार्यको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा शाखा प्रवन्धक बाबुराम चौलागाईले स्वागत मन्तव्य राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्