Banner News

भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढ्यो: अध्यक्ष ओली



काठमाडौँ, २० मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताउनुभएको छ ।

शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । ‘देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन’, उहाँले भन्नुभयो ।

अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो । यो लोकतन्त्र माथिको उपहास भएको उहाँको दाबी छ । असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने ओलीको धारणा छ ।

ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गर्नुभयो । ‘फेरी पनि आगो लगाएर सरकार बनाउने, फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।

उहाँले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताउनुभयो । सो आयोग जनतालाई झुक्क्याउने बुख्याचा भएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिनुभयो ।

आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गर्नुभयो । ‘जान्नु न सुन्न, चुनाव लड्नु न होर्नु, कताको सरकार ?’, उहाँले प्रश्न गर्नुभयो ।

ओलीले अहिलेको सरकार अनाडी सरकार भएको बताउँदै सरकारले विभिन्न अनधिकृत काम गरिरहेको बताउनुभयो । उहाँले सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन पनि उहाँले चुनौती दिनुभयो । जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । राजनीतिक दलहरू प्रति वैरभाव र अपराधी र हतियार बाहिर राखेर कुने पनि हालतमा चुनाव हुन नसक्ने उहाँको धारणा छ । सरकारलाई निर्वाचन गराउने भन्दा पनि पुराना दल आउँछन् भन्ने डर भएको ओलीले बताउनुभयो ।

नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उहाँले दाबी गर्नुभयो । त्यसैले एमालेले आफूलाई धेरै अपडेट गर्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘देश र दुनियाँको ध्यान एमाले प्रति छ’, ओलीले भन्नुभयो । 

देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नु भयो । ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुख पत्रले गर्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले लोकतन्त्रको पक्षधर र लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई कमजोर पार्न र सिद्ध्याउन एमालेले नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको बताउँदै उहाँले नेपाललाई जातीय आधारमा धुजा-धुजा पार्न खोज्दा जोगाएर अहिलेको संविधान ल्याइएको बताउनुभयो । ‘हामी त्यसको विरुद्ध लडेका हौँ, अहिलेसम्म हिंसावादी र आतङ्ककारीलाई हामीले पराजित गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।

देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताउनुभयो ।