समाचार

आजको मौसम



काठमाडौँ, २१ मंसिर । देशका केही स्थानमा आज आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ । विभागले राति कोसी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।