समाचार

भक्तपुरका विद्यालयमा श्रव्य दृश्यसहितको योगसाधना गराइने



भक्तपुर, २१ मंसिर । भक्तपुर जिल्लाभित्र २०८२ असार १२ गतेदेखि सञ्चालनमा ल्याएको १० मिनेट योग साधना पाठक्रमलाई भक्तपुर जिल्लाभित्रका विद्यालय योग फोकल पर्सनको माग बमोजिम श्रव्य दृश्यसहित रेकर्डिङ गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर, स्थानीय पालिकाहरुको समन्वयका बिच समन्वय इकाई भक्तपुरको आयोजनामा तयार गरिएको उल्लेखित पाठ्यक्रम त्रिभुवन युनिभर्सिटी केन्द्रीय सांस्कृतिक विभाग अन्तर्गत योग विषयका अध्यापक डाक्टर क्षितिज बराकोटीको निर्देशन एवं योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नवराज काफ्लेको व्यवस्थापनमा विद्यार्थी, शिक्षक,योग गुरुहरूको उपस्थितिलाई जोड्दै रेकर्डिङ गरिएको हो ।

उक्त रेकर्डिङ गरिएको शैक्षिक सामाग्रीलाई हेर्दै हरेक विद्यालयका हरेक शिक्षकले विद्यार्थीहरूलाई योग साधना गराउन सक्ने भएका छन् । रेकर्डिङ कार्यमा विभिन्न भूमिकामा जोडिँदै सहयोग पुर्याउने योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, पत्रकारद्वय सञ्जीव घिमिरे तथा अन्जित सिंह, योग गुरु भानुभक्त दहाल, योग गुरु कविता पाठक, रेकर्डिङमा रहेका विद्यार्थीलगायत प्रत्यक्ष अप्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले धन्यवाद व्यक्त गरेकी छिन् ।