समाचार

भीरबाट लडेर एक जनाको मृत्यु 



कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बहाबै–२ ओदाका ६५ वर्षीय चर्च सिंहको आइतबार मृत्यु भएको हो । आज बिहान महाबै–६ गणेशकोटस्थित ससुराली घरबाट पत्नीसँग घर जाने क्रममा महाबै–४ मा पर्ने तल्लो राम्नीमा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको कालिकोटका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।