काठमाडौँ, २४ मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ दुर्घटना हुदा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्