काठमाडौँ, २४ मंसिर । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो ।
आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्