अर्थ

नेप्से ७.८६ अंकले घट्यो



काठमाडौँ, २४ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । 

आज नेप्से ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको छ । यस दिन ३२९ कम्पनीको सेयर कारोबार भयो । जसमध्ये ७९ कम्पनीको मूल्य बढ्यो भने १६९ कम्पनीको मूल्य घट्यो । नौ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।

आज तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा एक करोड ६२ लाख ५५ हजार कम हो ।

आज स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बुधबारदेखि नै कारोबार सुरु भएको एसवाई प्यानलको मूल्य ९.९७ प्रतिशतले बढ्यो ।

सर्वाधिक गुमाउनेमा झापा इनर्जीका सेयरधनी छन् । यो कम्पनीको मूल्य ९.३० प्रतिशत अर्थात् १२८ रुपैयाँले घटेको छ । 

कारोबारमा आएका कम्पनीमध्ये श्रीनगर एग्रिटेकको २६ करोड ३९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो ।