काठमाडौँ, २६ मंसिर । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा युवा व्यवसायी तथा इ. सञ्जिव रोकाहाले दावी गर्नुभएको छ ।
एमालेको भोलीदेखी हुने ११औं महाधिवेशनको खुल्ला सत्र भक्तपुर र बन्दसत्र काठमाडौँमा हुँदैछ । इन्जिनियर रोकाहा एमाले केन्द्रीय विज्ञान तथा प्रविधी विभागको सचिवको हुनुहुन्छ । पार्टी का ३३ वटै विभागको महाधिवेशन प्रतिनिधि शुनिश्चित गर्न नेतृत्वदायी भुमिका खेल्नुभएका रोकाहा पार्टीको विभाग सकृय सन्चालन गर्ने सचिव समेत रहनुभएको छ ।
पिनको केन्द्रीय उपाध्यक्ष तथा पार्टी कोशी प्रदेश कमिटीको सदस्य तथा राष्ट्रिय युवा संघ नेपालको पूर्व सचिवालय सदस्यको समेत कुशलतापूर्वक जिम्मेवारी पुराग गरि सक्नुभएका इ. रोकाहा समेत नेपालको नमुना परियोजनाहरु स्काइवाक टावर निर्माण सन्चालन गर्ने सफल ब्यवसायी हो ।
भोजपुर कुलुङमा जन्मिनुभएका रोकाहा अहिले मोरङ सुन्दरहरौचा निवासी हुनुहुन्छ । पार्टी केन्द्रीय कमिटीमा महत्वपूर्ण योगदान दिन आफुले दावी गरेका रोकाहाले बताउनु भयो । पार्टी शिर्ष नेतृत्वले समेत विश्वास गरेका रोकाहा आफ्नो काम गराइलाई मुल्याङ्कन गरिदिन आम प्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।
हाल प्रचलित सुर्य टोपीसमेत निकाली रोकाहाले ब्रान्डिङ गर्ने काम गर्नुभएको छ । देश भरका प्रतिनिधि माझ राम्रो सम्बन्ध स्थापित गर्नुभएका रोकाहा जबजको आडमा मुलुक समृद्द बनाउन आफुसँङ स्पष्ट भिजन रहेको र मुलुक विकासका लागि स्पष्ट योजना पार्टीमा बनाउन आफ्नो भुमिका रहने दावी गर्नुहुन्छ । एमाले स्रोतका अनुसार पटक विभागबाट धेरै प्रतिनिधि परेका कारण उहाँको सम्भावना रहेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्