Banner News

आजको मौसम



काठमाडौँ, २६ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

विभागका अनुसार आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ । 

आज दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।