सम्पादकीय

लाभका लागि मर्यादाको खिल्ली



काठमाडौं, २१ असोज । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् । प्रहरी नियम अनुसार संगठनको सदस्य रहेकै अवस्थामा राजनीतिक दलको सदस्यता लिएर आचरणविरुद्धको गतिविधि मानिने र दण्डनीय हुनेछ ।

नियमावली अनुसार डिआइजीको राजीनामा मन्त्रीस्तरीय निर्णयबाट सदर हुन्छ । जानकार श्रोतका अनुसार सिलवालको राजीनामा गृह मन्त्रालयमा पुगेकै छैन । नागरिकमा समाचार छ ।