राजनीति

अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस



काठमाडौँ, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ ।

शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा चुनावको लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको सर्लाही जिल्ला सचिव मिथलेश यादवले बताए ।समानुपातिकमा महन्थ ठाकुरका साथै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा, रेखाकुमार साहको नाम पनि सिफारिस गरेको सचिव मिथलेश यादवले जानकारी गराएको छ ।

त्यस्तै सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी र सर्लाही–४ बाट महासचिव मनिष मिश्र र ३ बाट सचिव रामेश्वर रायको एकल नाम केन्द्रमा सिफारिस भएको छ । सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर, वीरवंश बैठाको नाम सिफारिस भएको छ । 

अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारेका थिए । २०७९ को चुनावमा महोत्तरी–३ बाट चुनाव जितेका थिए ।