काठमाडौँ, २८ मंसिर । काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध-२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेबेसी खण्डमा गाडीहरु चलेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्