गोरखा, १ पौष । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन् ।
सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित नेपाली कम्युनिस्ट पार्टीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने उनले बताए ।
उनले पुनले भने, “दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन । जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ । नेपालमा केही हुँदैन, युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । त्यो अत्यन्त गलत र भ्रम हो ।”










प्रतिक्रिया दिनुहोस्