राजनीति

म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु : प्रदीप ज्ञवाली



काठमाडौँ, १ पौष । नेकपा (एमाले)का निवर्तमान उपमहासचिव प्रदिप ज्ञवालीले एमालेका कार्यकर्ताको बिचमा रहेको र कार्यकर्ताको चाहना र भावना अनुसार नै चल्ने प्रतिवद्धा जनाएका छन् ।

एमालेको ११औं महाधिवेशनमा महासचिव पदको इच्छा व्यक्त गर्नुभएको ज्ञवालीले केपी ओलीले उपाध्यक्षमा समावेश गरेसँगै रुष्ट बन्नुभएका नेता ज्ञवालीले उक्त पद अस्वीकार गरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार मनोनय गरेका छन् । सोही विषयमा सामाजिक सञ्जालमा आफु पार्टी र कार्यकर्ताको भावना अनुसार केपी ओलीकै समुहमा रहेको उल्लेख गर्दै सो समुहलाई विजयी गराउन आग्रह गरे ।

उनले भन्नुभएको छ, ‘एघारौँ राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू ! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले)को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।

म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु । धन्यवाद ! तपाईँहरूकै, प्रदीप ज्ञवाली