काठमाडौँ, १ पौष । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेकोउल्लेख गर्दै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरू लाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।’










प्रतिक्रिया दिनुहोस्