काठमाडौँ, १ पौष । रुखबाट लडेर मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल भर्ना गरिएकोमा बिहान १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्