समाचार

२०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने



काठमाडौँ, २ पौष । विसं २०८३ को पञ्चांग २०८२ साल अनुरूप नै प्रकाशन हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । 

विविध कारणबाट पञ्चांग रुजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रहगणितबाट पञ्चांग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चांग प्रकाशन गर्न ढिलाइ भइसकेको पञ्चांग निर्णायक विकास समितिले बताएको छ ।

सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै ०८३ को पञ्चांग प्रकाशन गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।