राजनीति

एमाले जनताको प्रिय पार्टी हो : महेश बर्तौला



काठमाडौँ, २ पौष । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्विकारेको विधि भएको बताएका छन् । 

आज भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अहिले पनि जनताको प्रिय पार्टी भएको बताए । 

मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकताबद्ध हुने उल्लेख गरे ।

“एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जान सक्ने सामथ्र्य एमालेले राख्नुपर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकताबद्ध हुनेछौँ ।”