समाचार

बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ



काठमाडौँ, २ पौष । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई  स्वयम्भूबाट पक्राउ गरेको हो ।

अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो ।

उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर  कारागार चलान गरिएको छ ।