काठमाडौँ, ३ पौष । बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।
कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विद्युतीय मतदान भएकाले अब केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।
बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया सुस्त बनेको हो । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।










प्रतिक्रिया दिनुहोस्