काठमाडौँ, ३ पौष । चालु आर्थिक वर्ष (२०८२/२०८३)को मंसिर महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व उठेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि यता सबैभन्दा बढी राजस्व मंसिरमा उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यसअघि साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको थियो । सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ उठेको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ७८ करोड १७ लाख रुपैयाँको राजस्व उठेको छ ।
मंसिर महिनामा सबैभन्दा बढी राजस्व भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल, मालपोत कार्यालय कंलकी, मालपोत कार्यालय चावाहिल, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय कास्की, मालपोत कार्यालय चितवन, भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा, भूमि सुधार तथा मालपोत कार्यालय धनगढी र मालपोत कार्यलय बुटवलबाट संकलन भएको विभागको तथ्यांक छ ।










प्रतिक्रिया दिनुहोस्